
नाम : अर्जुन बहादुर थापा
जन्म स्थान : खप्तडछान्ना गाँउपालिका वडा नं. २ देहली बझाङ्ग
जन्म मिति : २०१2/१२/२४
पिताको नाम : जंग बहादुर थापा
आमाको नाम : राईकोशा देवी थापा
शैक्षिक योग्यता : वि.एड., एम.ए. अध्ययन
फोन नं. : 9858441444/9749002513
ई-मेल : arjunthapa2070@gmail.com
अध्ययन गरेको शैक्षिक संस्था :
* प्राथमिक शिक्षा (१-५) - लामातोला प्रा.वि. लामातोला, बझाङ्ग
* माध्यामिक शिक्षा (६-१०) - सत्यवादी मा.वि. भोपुर बझाङ्ग
* उच्च माध्यामिक शिक्षा (I.Ed.) - शिक्षाशास्त्र अध्ययन संस्था, नेपालगंज क्याम्पस
* उच्च शिक्षा (B.Ed.) - त्रि.वि.वि. कीर्तिपुर बहुमुखी क्याम्पस
* २०२८ सालमा S.L.C प्रथम श्रेणी - ६१%
* २०३४ सालमा I.Ed. प्रथम श्रेणी - ७०%
* २०४१ सालमा B.Ed. द्धितीय श्रेणी - ५९.९%
* २०६० सालमा M.A अध्ययन
शिक्षण पेशा :
* २०२८ साल देखी २०४० सालसम्म नि.मा.वि. प्र.अ.
* २०४३ साल देखी २०५५ माघसम्म मा.वि. प्र.अ.
काम गरेका विद्यालयहरु :
* सरस्वती मिडिल स्कूल, कालुखेती
* खप्तड मा.वि. कालुखेती
* सरस्वती नमूना नि.मा.वि. कालुखेती
* लामातोला निमा.वि., लामातोला
* दुर्गा भवानी मा.वि. तलकोट
* लामातोला मा.वि. लामातोला
शिक्षक संगठनमा संलग्नता :
* २०३७ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङ्गको संस्थापक सह-सचिव,
* २०४६ साल देखि ने.रा.शि. संगठन बझाङ्गको अध्यक्ष,
* २०५० साल देखि २०५५ सालसम्म ने.रा.शि. संगठनको केन्द्रीय सदस्य,
* ने.रा.शि. संगठनको आजीवन सदस्य ।
शिक्षक पेशामा रहँदा गरेका प्रमुख कामहरु :
* २०२८ चैत्र देखी २०३२ सम्म सरस्वती मिडिल स्कूलमा काम गर्दा २० महिना सम्म निशुल्क काम गरेको ।
* सरस्वती नि.मा.वि. लाई खप्तड मा.वि. बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको ।
* लामातोला प्रा.वि. को व्यवस्थापन समितिको अध्यक्ष हुँदा नि.मा.वि. बनाउन नेतृत्व प्रदान गरेको ।
* लामातोला नि.मा.वि.लाई मा.वि. बनाउन आर्थिक तथा भौतिक व्यवस्थापन गर्न नेतृत्व प्रदान गरेको ।
* दुर्गाभवानी मा.वि. मा काम गर्दा तल्कोट इलाकामा १० वटा प्रा.वि. स्थापना गर्न नेतृत्व प्रदान गरेको ।
* लामातोला मा.वि. लाई उ.मा.वि. बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको ।
* विद्यालयमा छोरी पढाउने चलन नै नभएको अवस्थामा महिला शिक्षाको व्यापक प्रचार गरी महिला शिक्षामा आमूल परिवर्तन गरेको ।
* बाल बिबाह, बहुविवाह, अनमेल बिबाह, जातीय बिभेद (छुवाछत प्रथा) महिला हिंसा, रुढीवादी, अन्धविश्वास आदिको विरुद्धमा जनचेतना उठाउन विभिन्न क्रियाकलाप गरेको ।
राजनीतिक संलग्नता :
* २०२८ सालमा कम्युनिष्ट आन्दोलनमा झुकाव,
* २०३६/०३७ मा जनमत सग्रहमा बहुदलको प्रचारक,
* २०४१ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त,
* २०४७ साल जेष्ठ २७ गते नेकपा (माले) जिल्ला पार्टी सक्रिय दलको बझाङ्गको सस्थापक सदस्य,
* २०४८ सालमा नेकपा (एमाले) जिल्ला संगठन कमिटी बझाङ्गको सदस्य,
* २०५८ सालमा नेकपा (एमाले) जिल्ला कमिटी बझाङ्गको कार्यालय सचिव,
* २०६२ सालमा नेकपा (एमाले) जिल्ला कमिटी बझाङ्गको सचिव,
* २०६६ साल देखि २०६८ सालसम्म जिल्ला कमिटी बझाङ्गको अध्यक्ष,
* हाल सुदूरपश्चिम प्रदेशको सभामुख ।
अन्य संगठनमा संलग्नता :
* २०५७ सालमा नेपाल बुद्धिजीवी परिषद बझाङ्गको संस्थापक अध्यक्ष,
* २०६६ सालमा मदन स्मृती पुस्तकालय बझाङ्गको संस्थापक अध्यक्ष,
* छान्ना क्षेत्रको २० बर्षे गुरुयोजना निर्माण गर्न सर्वदलीय सर्वपक्षीय समितिको अध्यक्ष,
* छान्ना क्षेत्रमा सडक निर्माण गर्न “छान्ना सडक निर्माण मूल समिति संयोजक” ।
तालिममा सहभागिता :
* नमुना नि.मा.वि.को १ महिने प्र.अ. तालिम सानोठिमिमा सहभागिता,
* मा.वि. प्र.अ. का विभिन्न तालिममा सहभागिता,
* नेकपा (एमाले) पार्टी स्कूल विभागले दिएको तीन दिने तालिम धनगढीमा सहभागिता,
* नेकपा (एमाले) पार्टी स्कूल विभागले एक हप्ते तालिम काठमाडौंमा सञ्चालन गरेको दर्शनशास्त्रको तालिममा सहभागिता,
* नेकपा (एमाले) ले पटक पटक संचालन गरेका कार्यकर्ता प्रशिक्षणमा सहभागिता ।
प्रकाशित कृतिहरु :
* कम्युनिष्ट आन्दोलनको एक झलक (विश्व-नेपाल-बझाङ्ग) - २०६० साल,
* माक्र्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनबाद - २०६९ साल,
* खप्तड एक चिनारी (प्रकाशनको लागि तयारी),
* मेरो जीवनको ऐना (प्रकाशनको लागि तयारी),
* बिभिन्न पत्रपत्रिकामा लेख रचनाहरु ।
जेल यातना :
* २०५२ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय आन्दोलनमा सिहंदरवार भित्र विद्यालयको घण्टी बजाउने अघोषित कार्यक्रमको नेतृत्व गर्दा १ दिन सम्म प्रहरी हिरासतमा ।
* २०६२/०६३ को जनआन्दोलनमा सहभागि हुदाँ धनगढीमा १ दिन सम्म प्रहरी हिरासतमा ।
* २०६० सालमा तत्कालीन नेकपा (माओवादी) ले १० दिन सम्म अपहरण गरी विभिन्न स्थानमा घुमाएको।
नेकपा (एमाले) को विभिन्न पदमा रहँदा गरेका मुख्य कामहरु :
* २०५६ माघ देखि २०७० सालसम्म पार्टीको पूर्णकालीन काम गर्दा निर्वाह भत्ता समेत नलिई निःशुल्क काम गरेको ।
* बझाङ्ग जिल्लाका ४७ वटै गाँउ कमिटीमा पटक-पटक प्रशिक्षण सञ्चालन गरी कम्युनिष्ट आन्दोलनको एक झलक पुस्तक र माक्र्शवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलिय जनवाद पुस्तक निःशुल्क वितरण गरेको ।
* पार्टीको संगठन निर्माण गर्न पटक-पटक बझाङ्गको प्रत्येक गाँउ वस्ती सम्म भ्रमण गरेको ।
* पार्टीले सञ्चालन गरेका अभियान, आन्दोलन तथा कार्यक्रममा सक्रिय सहभागिता रहेको ।
* २०६२/६३ को जनआन्दोलनमा बझाङ्ग, धनगढी र काठमाडौंका कार्यक्रममा सहभागिता रहेको ।
* २०४८ को आम निर्वाचन, २०४९, २०५४ को स्थानिय निकायको निर्वाचन, २०५१ को मधावधि निर्वाचन, २०५६ को आम निर्वाचन, २०६४ र २०७० को संविधान सभाको निर्वाचनमा पार्टीको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गरी काम गरेको ।
* २०५६/०५७ मा नेकपा (एमाले) बझाङ्गको पार्टी भवन निर्माण समिति र आर्थिक सहयोग संकलन समितिको अध्यक्ष भई काम गर्दा एक बर्षमा भवन निर्माण कार्य सम्पन्न गरेको ।
* मदन स्मृती सामुदायिक पुस्तकालयमा अध्यक्ष हुँदा पार्टी कार्यालयको प्रांगण भित्र ३ सटर १ हल भएको दुईतले भवन निर्माण गरेको ।
* पार्टी कार्यालयमा फर्निचर, कम्प्युटर, फ्याक्स, प्रिन्टर आदिको व्यवस्था मिलाएको ।
* २०६६ देखि २०६९ सम्म जिल्ला कमिटी अध्यक्ष हुँदाका बखत पार्टीको संगठन सुदृढ बनाएको हुँदा २०७० सालको संविधान सभा निर्वाचनमा बझाङ्गको दुई निर्वाचन क्षेत्रबाट नेकपा (एमाले) को तर्फबाट बिजय हासिल गरेको ।
* २०७४ सालको प्रदेश सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभाको सदस्यमा निकटतम् प्रतिस्पर्धी भन्दा ४७५४ मतले अग्रता भई बिजयी भएको ।
विकासात्मक कार्यहरु :
* बझाङ्ग जिल्लालाई उज्यालो जिल्ला बनाउने अवधारणा जिल्लामा पारित गरी लघु जलविद्युतको उत्पादनमा विशेष पहल गरेको ।
* बझाङ्ग जिल्लालाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्न जनचेतना जगाउने कार्य गरेको ।
* जडीबुटी, पर्यटन क्षेत्र बिकास कृषि उत्पादन बृद्धि आदिको विकासको लागि विभिन्न संघ संस्थामा पहल गरेको ।
* छान्ना क्षेत्रका ६ साविक गा.वि.स. मा सडक निर्माण गर्न प्रति व्यक्ति एक लिटर तेल सहयोग संकलन गरी एक्साभेटर मेसिन प्रयोग गरी सडक निर्माण गर्न र सेती नदीमा काठेपुल निर्माण गरी यातायातका साधन सञ्चालन गर्न सफल ।